स्मार्टफोन ब्रान्ड इनफिनिक्सले आफ्नो प्रिमियम शो–स्टप हट ५० प्राे प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।
६.८ मिलिमिटर स्लिम एज डिजाइनमा आएको यो स्मार्टफोनमा थ्रिडी कभ्र्ड १२० हर्ज एमोलेड डिस्प्ले, हेलियो जी१०० प्रोसेसर, ५ वर्षको टियुभी सर्टिफाइड पर्फर्मेन्स फ्लुएन्सी रहेको छ।
त्यसैगरी जेबिएलको साउन्ड सिस्टम, डुअल स्पिकर र लक्जरी डिजाइन यो फोनको विशेषता हुन्।
साथै, यसमा ८ जिबी र्याम र २ सय ५६ जिबी स्टोरेज, ५० मेगापिक्सेल डुअल एआई क्यामरा र १३ मेगापिक्सेल सेल्फी क्यामरा, ३३ वाट फास्ट चार्जसहित ५००० एमएएच ब्याट्री लगायत विशेषता पनि छन्।
हट ५० प्राे प्लस स्लिक ब्ल्याक (कालो), टाइटानियम ग्रे (खौरो) र ड्रिमी पर्पल (बैजनी) रंगहरूमा उपलब्ध छ।
यो फोनको मूल्य नेपाली बजारमा २५ हजार ९९९ रूपैयाँ तोकिएको छ।