नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै १००० एमबिपिएस अर्थात् १ जिबिपिएसको 'इन्टरप्राइज प्रो इन्टरनेट स्पिड' सार्वजनिक गरेको छ।
यसमा पब्लिक आइपी एड्रेस, एल२ सपोर्ट र वाइफाइ ६ राउटर निःशुल्क रहेको छ।
विशेषगरी धेरै प्रयोगकर्ता भएको व्यवसाय होस्टेल, स्कुल, हस्पिटल, आइटी कम्पनी, कन्सल्टेन्सी, होटल लगायतलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।
साना इन्टरनेट स्पिडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिदा प्राय: स्पिड कम हुने र भिडभाड हुने भएकोले धेरै प्रयोगकर्तालाई सपाेर्ट गर्न सक्ने इन्टरनेट स्पिडको माग अनुसार १ जिबिपिएस इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो।
१ जिबिपिएसको मूल्य भने अफर सहित मासिक ७ हजार २९९ रूपैयाँबाट सुरू हुन्छ।
यसैगरी ५०० एमबिपिएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको छ।
यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौं लगायत देशको प्रमुख सहरहरूमा सेवा सुरू भई सकेको कम्पनीले बताएको छ।