डिजिटल सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ-कमर्सले एक अभियान गरेको छ।
सफ्टवेरिकाले जेठ ८ गते देशभरका प्रमुख सहरका एलइडी स्क्रिनहरूमा ३० मिनेट लामो भिडिओ प्रसारण गराएको हो।
उक्त भिडिओ बिएससी (अनर्स) एथिकल ह्याकिङ र साइबर सेक्युरिटी कोर्सको प्रचारप्रसार अभियान थियो।
सुरूमा डिजिटल ब्रिच जस्तो देखिएको यो घटना वास्तवमा योजनाबद्ध रूपमा सञ्चालन गरिएको सशक्त मार्केटिङ अभियान भएको सफ्टवेरिकाले बताएको छ।
सफ्टवेरिकाका अनुसार यो अभियानले विश्वव्यापी सञ्जाल विस्तारसँगै सर्वसाधारणले सामना गर्नुपर्ने लुकेका जोखिमहरू उजागर गरेको छ। यो पहलले साइबर सेक्युरिटीप्रति गम्भीर चेतावनीको रूपमा प्रस्तुत हुँदै बलिया सुरक्षा उपायहरूको आवश्यकतालाई स्पष्ट रूपमा दर्शाउँछ।

यो अभियानको निरन्तरतामा, सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयसँग सम्बद्धता मार्फत बिएससी (अनर्स) एथिकल ह्याकिङ र साइबर सेक्युरिटी कोर्स डिग्रीको माध्यमबाट विद्यार्थीहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कार्यक्रमले आगामी पुस्तालाई साइबर सुरक्षा सम्बन्धी आवश्यक ज्ञान, उपकरण र नैतिक आधारका साथ तालिम प्रदान गर्ने लक्ष्य राखेको छ।
यस डिग्रीले समग्र पाठ्यक्रममा प्रवेश परीक्षण, नेटवर्क सुरक्षा, डिजिटल फोरेन्सिक र मालवेयर विश्लेषण प्रमुख जस्ता प्रमुख क्षेत्रहरू समावेश गरेको छ।
सैद्धान्तिक अध्ययन र व्यावहारिक अनुभवको सन्तुलन प्रदान गर्दै, स्नातकहरूले साइबर खतराहरू पहिचान, रोकथाम र न्यूनीकरण गर्ने क्षमता प्राप्त गर्ने सफ्टवेरिकाले जनाएको छ। यसबाट उनीहरूलाई सञ्चारको तीव्र विकास भइरहेको डिजिटल संसारमा दक्ष बनाउने पनि कलेजले जनाएको छ।

