चिनियाँ मोबाइल ब्राण्ड रियलमीले भारतीय बजारमा रियलमी–सि७५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अुनसार सुलभ मूल्यमा गुणस्तरीय फिचर भएको यो फोनमा ६.६७ इञ्चको एलसिडी एचडी प्लस डिस्प्ले जडान गरिएको छ।
यो फोन गाहकले ४ जिबी/१२ जिबी र ६ जिबी/१२८ जिबी गरी दुई क्षमतामा पाउन सक्छन्।
जसको मूल्य क्रमशः १२ हजार ९ सय ९९ र १३ हजार ९ सय ९९ भारू तोकिएको छ।
फोनमा ३२ मेगापिक्सलको क्यामरा जडान गरिएको छ।
त्यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको लेन्स छ।
६ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनमा ४५ वाटको चार्जिङ सपोर्ट सुविधा दिइएको छ।