चिनियाँ मोबाइल ब्राण्ड वानप्लस–१३एस भारतीय बजारमा सार्वजनिक हुने भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार यो फोनलाई वानप्लस–१३टी को रिब्राण्डेड भर्जन भनिएको छ।
यो फोनको डिजाइन पातलो छ। फोनमा ६.३२ इञ्चको डिस्प्ले दिइएको हुनेछ। त्यस्तै, स्न्यापड्रागन ८ इलाइट प्रोसेसर हुनेछ।
कम्पनीले यो फोन कति जिबी क्षमतामा पाइन्छ भन्ने जानकारी भने खुलाएको छैन। ग्राहकले कालो र गुलाबी गरी दुइटा रङमा किन्न पाउँनेछन्।
यो फोन चिनियाँ बजारमा भने केही समय अघि सार्वजनिक भएको थियो। भारतीय बजारमा सार्वजनिक हुने मिति तोकिएको छैन।
नेपाली बजारमा पनि वानप्लसका फोन रूचाइएको छ।