यो वर्ष एप्पले आइफोन–१७ एयर सार्वजनिक गर्ने भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार आइफोन–१७ एयर सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–१७ प्रो र आइफोन–प्रो म्याक्स सार्वजनिक हुनेछ।
यो फोन सबैभन्दा पातलो हुनेछ। ठूलो डिस्प्ले र पातलो फोन चाहिने उपभोक्ताका लागि यो उपयुक्त हुनेछ।
जसमा फोनको मोटाई ५.५ मिलिमिटरदेखि ६ मिलिमिटरको हुनेछ। त्यस्तै, फोनमा ६.६ देखि ६.७ इन्च डिस्प्ले हुने अनुमान लगाइएको छ।
यसमा ४८ मेगापिक्सलको क्यामरा डिजाइन गरिएको हुनेछ। यसमा जुम सुविधा हुने छैन।
कम्पनीले भने यसबारे आधिकारिक जानकारी दिएको छैन।