एप्पलले फोल्डेबल आइफोन ल्याउने भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले आगामी वर्ष उक्त मोडल सार्वजनिक गर्नेछ।
उक्त फोनमा क्रिजलेस डिस्प्ले हुनेछ। अर्थात्, मोबाइल फोल्ड गर्दा फोल्ड हुने भागमा दाग वा धर्सा हुँदैन।
मुख्य स्क्रिनको तहमुनि क्यामरा हुन्छ। यसलाई अण्डर डिस्प्ले क्यामरा भनिन्छ।
यसले गर्दा फुल स्क्रिनको अनुभव लिन सकिन्छ।
फोनको भित्री डिस्प्ले ७.८ र बाहिरी डिस्प्ले ५.५ इञ्चको हुनेछ। ठूलो डिस्प्ले डिजाइन गरिएकाले यो आइप्याड जसरी अनफोल्ड हुनेछ।
कम्पनीले यसमा फेस आइडी हटाएर साइड माउन्टेड टच आइडी दिने उल्लेख गरिएको छ।
फोल्डेबल आइफोनमा पछाडि दुईवटा क्यामरा सेटअप डिजाइन गरिएको छ भने अगाडि दुईवटै डिस्प्लेमा क्यामरा हुनेछ।
यो मोडलमा कम्पनीले उच्च क्षमताको ब्याट्री प्रयोग गर्ने भएको छ।
यसमा प्रयोगकर्ताले एआई फिचर्स पाउनेछन्। यसको मूल्य २१ सय देखि २३ सर डलर हुने अनुमान गरिएको छ।
यो मोडलले सामसङ, ओप्पो र हुवावे लगायतका स्मार्टफोनलाई टक्कर दिने बताइएको छ।
कम्पनीले भने अहिलेसम्म फोल्डेबल आइफोन सार्वजनिक गर्ने योजनाबारे घोषणा गरेको छैन तर पेटेन्ट भने लिएको छ।