सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ।
ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको कम्पनीको भनाइ छ।
अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्।
सामसङ र गुगल एपहरूबीच सहज अन्तर्क्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'हामी हाम्रो नयाँ एस सिरिज–ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्त खुसी छौँ र हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन्।'
'हामीलाई विश्वास छ कि ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ,' उनले थपे।
ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ।
यसमा भएको नाउ ब्रिफले दिनभरीको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ। लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्ट देखि रचनात्मकतालाई नयाँ उचाइमा पुर्याउन ड्रइंग असिस्टसम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्ताहरूलाई हरेक दिन नयाँ अनुभव दिनेछ।
यस सिरिजमा अन्तर्क्रियाहरू झन् स्वाभाविक भएका छन्। एक मात्र आदेश दिएर जेमिनीले तपाईँको मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर तपाईँको सामसङ क्यालेन्डरमा थप्न सक्छ। साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरू र एक–ट्याप एक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ।
ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्ने बताइएको छ।
ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडिएनआइई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ।
ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपी अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ। भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलहरूले फोटो तथा भिडिओहरूलाई सिनेम्याटिक बनाउने बताइएको छ।
सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २ टिबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ।
डिभाइस | र्याम/स्टोरेज | रंग | मूल्य |
ग्यालेक्सी एस२५ अल्ट्रा | १२/५१२ जिबी | टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ह्वाइटसिल्भर, टाइटेनियम ब्ल्याक | १ लाख ९९ हजार ९९९ रूपैयाँ |
१२/२५६ जिबी | १ लाख ८४ हजार ९९९ रूपैयाँ |
ग्यालेक्सी एस२५ प्लस | १२/५१२ जिबी | नेभी, सिल्भर श्याडो | १ लाख ४१ हजार ९९९ रूपैयाँ
|
ग्यालेक्सी एस२५ | १२/५१२ जिबी | आइसि ब्लु, सिल्भर श्याडो | १ लाख १४ हजार ९९९ रूपैयाँ |
१२/१२८ जिबी | १ लाख ४ हजार ९९९ रूपैयाँ |
फागुन २ गतेदेखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्।
ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रंगमा उपलब्ध हुनेछन्।
ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रंगमा उपलब्ध छ। ग्यालेक्सी एस२५ र ग्यालेक्सी एस२५+ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रंगमा उपलब्ध छन्।
ग्राहकहरूले सामसङका उपकरणहरू सजिलै इएमआईमा प्राप्त गर्न सक्छन्, जसको सुरूवात पाँच हजार २५० रूपैयाँमा शून्य प्रतिशत ब्याजमा उपलब्ध हुन्छ।
इएमआईमा यो स्मार्टफोन किन्नका लागि नागरिकता मात्र भए हुने कम्पनीको भनाइ छ।