नेपाली बजारमा वनप्लसको पछिल्लो संस्करण ‘वनप्लस १३’ भित्रिएको छ।
यस फोनमा ६.८२ इन्चको एलटिपिओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ।
यसमा ६००० एमएएच सिलिकन कार्बाइड ब्याट्रीका छ जसका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस र १० वाट वायरलेस रिजर्भड सुविधा दिइएको छ।
यो फोन सेतो, निलो र ओब्सिडियन रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यसमा फिङ्गर प्रिन्ट र फेस अनलकको सुविधा पनि छ।
१६+५१२ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन हुकुटबाट किन्न सक्नेछन्।