नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली कम्पनी सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङका सबै उमेर समूहलाई सुहाउँदो फोन ल्याउने भएकाले पनि ग्राहक यस कम्पनीको फोन प्रति बढी आकर्षित छन्। कम्पनीले हाल बजारमा १६ हजारदेखि साढे दुई लाख रूपैयाँसम्मको फोन उपलब्ध छ।
त्यसमध्ये यहाँ एक लाख मूल्य बढीका स्मार्टफोनबारे उल्लेख गरिएको छ।
ग्यालेक्सी जेड–फ्लिप ६
यो फोनमा ६.७ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा दुई वटा क्यामेरा जडान गरिएको छ। जसमा ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा वाइड लेन्स छन्। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा १० एमपी क्यामेरा छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन १२ जिबी/२५६ जिबी क्षमतामा किन्न सक्छन्। फोनको मूल्य एक लाख ५४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
ग्यालेक्सी–एस२४ अल्ट्रा
यो फोनमा ६.८ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा चार वटा क्यामेरा जडान गरिएको छ। जसमा २०० एमपी मुख्य, १२ एमपी अल्ट्रा वाइड एंगलस्, १० एमपी टेलिफोटो लेन्स र ५० एमपी टेलिफोटो लेन्स छन्। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा १२ एमपी क्यामेरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा ४५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः एक लाख ८४ हजार ९ सय ९९ र एक लाख ९९ हजार ९ सय ९९ सय रूपैयाँ तोकिएको छ।
ग्यालेक्सी जेड–फोल्ड ६
यो सामसङको फोल्डेएबल स्मार्टफोन हो। यसमा ६.३ इञ्चको कभर डिस्प्ले र ७.६ इञ्चको मुख्य डिस्प्ले रहेको छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ।
जसमा ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा वाइड एंगलस् र १० एमपी टेलिफोटो लेन्स छन्। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा १० एमपी र ४ एममीका दुई वटा क्यामेरा छन्।
४ हजार ४ सय एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः दुई लाख ३४ हजार ९ सय ९९ र दुई लाख ४९ हजार ९ सय ९९ सय रूपैयाँ तोकिएको छ।