नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली कम्पनी सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङका सबै उमेर समूहलाई सुहाउँदो फोन ल्याउने भएकाले पनि ग्राहक यस कम्पनीको फोन प्रति बढी आकर्षित छन्।
कम्पनीले हाल बजारमा १६ हजारदेखि साढे दुई लाख मूल्यसम्मको फोन उपलब्ध छ। त्यसमध्ये यहाँ ३० हजारभन्दा कम मूल्यका फोनबारे उल्लेख गरिएको छ।
ग्यालेक्सी–ए०६
फोनमा ६.७ इञ्चको डिस्प्ले छ। ५० एमपी मुख्य र २ एमपी डेप्थ गरी दुईवटा क्यामेरा छन्। त्यस्तै, ८ एमपीको सेल्फी क्यामेरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ४ जिबी/६४ जिबी, ४ जिबी/१२८ जिबी, ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १५ हजार ४ सय ९९, १७ हजार ४ सय ९९ र १९ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
ग्यालेक्सी एम–१४ फोजी
फोनमा ६.७ इञ्चको डिस्प्ले छ। ५० एमपी मुख्य, २ एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ गरी तीन वटा क्यामेरा छन्। त्यस्तै, १३ एमपीको सेल्फी क्यामेरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य २० हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
ग्यालेक्सी एम–१५ फाइभजी
फोनमा ६.५ इञ्चको डिस्प्ले छ। ५० एमपी मुख्य, ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्स गरी तीन वटा क्यामेरा छन्। त्यस्तै, १३ एमपीको सेल्फी क्यामेरा छ।
६ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँछन्।
फोनको मूल्य २५ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।
ग्यालेक्सी ए–१५ फाइभजी
फोनमा ६.५ इञ्चको डिस्प्ले छ। ५० एमपी मुख्य, ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्स गरी तीन वटा क्यामेरा छन्। त्यस्तै, १३ एमपीको सेल्फी क्यामेरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ६ जिबी/१२८ जिबी र ८ जिबी १२८ क्षमतामा किन्न पाउँछन्।
यो फोनको मूल्य क्रमशः २७ हजार नौ सय ९९ रूपैयाँ र २९ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।