टेक्नोले 'टेक्नो फ्यान्टम भी फोल्ड २ ५जी', नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो स्मार्टफोन प्रविधि प्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ।
यसमा भएको दुईवटा स्क्रिनले प्रयाेगकर्ताको अनुभवलाई थप प्रिमियम बनाउने बताइएको छ।
खोलिएको अवस्थामा ७.८५ इन्चको टुके प्लस एमोलेड स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि ६.४२ इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुन्छ।
मिडियाटेक डाइमेन्सिटी ९०००+५जी चिपसेटद्वारा सञ्चालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्ने कम्पनीकाे भनाइ छ।
यस फाेनमा ५० एमपी मुख्य क्यामरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्स पाउन सकिनेछ।
यसैगरी, याे फाेनमा ५७५० एमएएच क्षमताको ब्याट्री र ७० वाट फास्ट चार्जिङका साथै १५ वाट वायरलेस चार्जिङ सपोर्ट रहेको छ।
नेपाली बजारमा यस फोनकाे मूल्य एक लाख ५९ हजार ९९९ रूपैयाँ तोकिएको छ। यस फाेन किन्दा १० हजार मूल्य पर्ने कलम नि:शुल्क पाइने कम्पनीको भनाइ छ।
यस्ता छन् यस फाेनका विशेषता:
चिप सेट-मिडियाटेक डाइमेन्सिटी ९०००+
डिस्प्ले-७.८५ इन्च भित्री स्क्रिन, ६.४२ इन्च कभर डिस्प्ले
बडी डाइमेन्सन- खोल्दा ६.१ मिमि पातलो, फाेल्ड हुँदा १२ मिमि
बजन-२४९ ग्राम
क्यामेरा- ५० एमपी मुख्य क्यामरा (अल्ट्रा-वाइड र टेलीफोटो लेन्स), ३२ एमपी फ्रन्ट क्यामेरा
मेमाेरी र स्टाेरेज- १२ जिबी र्याम+ १२ जिबी भर्चुअल र्याम, ५१२ जिबी स्टाेरेज
ब्याट्री-५७५० एमएएच, ७० वाट फास्ट चार्जिङ, १५ वाट वायरलेस चार्जिङ सपोर्ट