नेपाल टेलिकमले बाढी पीडितलाई एक करोड दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त रकम मंगलबार प्रधानमन्त्री दैवी कोषमा जम्मा गरिएको नेपाल टेलिकमले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन्।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरुको उपस्थिति थियो।
गत भदौ १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा
बाढी, पहिरो तथा डुबान भएको थियो।