नेपालको डिजिटल भुक्तानी नेटवर्क फोनपेले प्रतिक्षित 'सुपर यात्रा' अभियानको घोषणा गरेको छ।
उक्त अभियान असोज २ गतेदेखि सुरू भएको कम्पनीको भनाइ छ।
दसैं र तिहार चाँडै नजिकिँदै गर्दा यो अभियान हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित छ।
'सुपर यात्रा' अभियानको अंशको रूपमा नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्, भने विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रूपैयाँको क्यासब्याकको लाभ लिन सक्नेछन्।
यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ।
एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्।
यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएकाे छ।