नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा लागि संविधान दिवस अफर उपलब्ध गराएको छ।
सो अफर आज (बुधबार) देखि सुरू भई आगामी असोज ४ गतेसम्म लागु हुने कम्पनीको भनाइ छ।
यस अन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी, डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुनेछ।
यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा 'नेपाल टेलिकम एप' प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ।