सामसङले 'भव्य दशैं तिहार, घर भरी उपहार' योजना सार्वजनिक गरेको छ।
कम्पनीले कात्तिक ३० गतेसम्म उक्त योजना लागु हुने जनाएको छ।
यो अफर अन्तर्गत ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा सामसङ टिभी र घरेलु उपकरणहरू पाउन सक्नेछन्।
यस्तै, सामसङ टिभी खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने र सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने लगायतका उपहारहरूको लाभ उठाउन सक्नेछन्।
यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि शून्य प्रतिशत ब्याज इएमआइमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ।
इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिने कम्पनीको भनाइ छ।