एनसेलले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
यस शिविरमा ३०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसिजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए।
बिहान १० बजेबाट सुरू भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधि पनि पाएका थिए।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत गर्दछ।
एनसेलका अनुसार आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो।
यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ।
'एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौं। यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरू गर्दै आएका छाैं। हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।
एनसेलले सिएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ।
कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन्।
यस 'एटिन फर एटिन' कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ।
एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ।
साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ।