सामसङ ग्यालेक्सी ए०६ नेपाली बजारमा आउने भएको छ।
ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ।
यो फोनमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्नुका साथै उत्कृष्ट सेल्फीको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ।
यस फोनमा ६.७” को एचडी+पिएलएस एलइडी स्क्रिन छ र यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ।
ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जि८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ।
५०००एमएचएच ब्याट्री र २५ वाट तीव्र चार्जिङ समर्थनको साथ यसले लामो पावर प्रदान गर्दछ।
ग्यालेक्सी ए०६ मा अब सामसङ नक्स भउल्ट अर्थात इएएलएस+ प्रमाणित विशेषता छ।
नक्स भउल्टले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्दछ।
नयाँ साइड फिंगरप्रिन्ट सेन्सरको साथ अब यसमा सुविधाजनक प्रमाणीकरण सरल हुनाको साथै यसको नवीनतम ओएस र सुरक्षा अपडेट्सहरूले डिभाइस नयाँ र सुरक्षित रहने सुनिश्चित गर्दछ।
कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६ को ४/६४ जिबी भेरियन्टको १५ हजार ४९९ रूपैयाँ, ४/१२८ जिबी भेरियन्टको १७ हजार ४९९ रूपैयाँ र ६/१२८ जिबी भेरियन्टको १९ हजार ४९९ रूपैयाँ मूल्य निर्धारण गरिएको छ।
साथै यो फोनको खरिदमा २५ वाट सामसङ एडप्टर निःशुल्क पाइने कम्पनीको भनाइ छ।
उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन्।
यो फोन भदौ २३ गतेदेखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ।
इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन्।