ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको हो र एआई फोनको परिकल्पनालाई तीव्र बनाउन महत्त्वपूर्ण रहेको कम्पनीको भनाइ छ।
रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्, जसले नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो श्रृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ।
जसले झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षा दिन्छ। यी दुई मोडलहरूमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ।
ओप्पोको ८० वाट फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी पाँच हजार एमएएच ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ।
रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूले अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन्।
यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ।
एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरू लगायतलाई पुर्नस्थापित गर्दछ। एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेनआई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ।
रचनात्मक सम्भावनाहरूका लागि, एआई स्टुडियोले केवल एउटा प्रयोगकर्ताको फोटोबाट डिजिटल वा कलात्मक पोर्ट्रेट शैलीहरू सिर्जना गर्न सक्छन्। प्रयोगकर्ताहरूले आफूलाई काउब्वाइ, साइबरपंक मेग्य स्टार, तथा नयाँ जेन एआई क्षमताहरूको प्रयोग गर्दै अन्य धेरै शैलीहरूमा पुनःकल्पना गर्न सक्नेछन्।
रेनो शृङ्खलालाई भविष्यमा दृढतापूर्वक लिएर जाने रेनो१२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरी केन्द्रित बोल्ड डिजाइन रहेको छ। यसको पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ, जसले पोखरीमा पानी बग्ने थ्रिडी जस्तो अनुभूति सिर्जना गर्दछ।
पारालाक्स इफेक्टको प्रयोगले रेनो सिरिजको पहिचान बनेको मिरर–स्मुद टेक्सचर जस्तै अनुभुतिलाई कायम राख्दै यो दृश्य अनुभूति हासिल भएको सुनिश्चित गर्दछ।
थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ। रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई–टोन म्याट–ग्लस डिजाइन छ जसमा दुई भागहरू स्वभाविक रूपमा फोनको पछाडि तेस्रो रूपमा चलिरहेको सुन्दर मेटालिक रिबनद्वारा अलग गरिएको छ।
यो फोन ६.७ इन्च, १२० एचजेड ओयल्ड डिस्प्ले जसमा हार्डवेयर स्तरको कम नीलो प्रकाश आँखा सुरक्षा प्रदान गर्दै १.०७ बिलियन रङहरू प्रदर्शन गर्न सक्षम छ।
रेनो १२ मा स्क्रिनलाइ सुरक्षित राख्न कोर्निङ गोरिल्ला ग्लास ७ आई राखिएको छ।
सोनी एलवाइटी–६०० सेन्सरले पूर्ण–पिक्सेल ओम्निडायरेक्शनल अटोफोकस र ओआइएस सहित सुसज्जित, रेनो १२ को मुख्य क्यामेराले स्पष्ट शटहरूको लागि छिटो र स्थिरता लाई धेरै फोकस गर्न सकिन्छ।
यसमा व्यावसायिक क्यामेराहरू प्रयोग गरेर खिचिएका फोटोहरूलाई टक्कर दिन सक्षम आकर्षक, बोकेह–रिच पोट्रेटहरू सजिलै खिच्नको लागि २एक्स जुमसम्मको पोर्ट्रेट मोड पनि समावेश गरिएको छ।
यो फोनमा ३० एफपिएसमा ४के भिडियो र १०८०पी भिडियोे चार गुणा रिजोल्युसनमा आश्चर्यजनक हाई–डेफिनिसन भिडिओको लागि रियर र फ्रन्ट–फेसिङ क्यामेराहरू उपलब्ध छ।
यसमा विशिष्ट पावर इफिसियन्सी प्रदान गर्न मिडिया टेक, नयाँ अक्टा–कोर प्लेटफर्ममा चार ए७८ कार्यसम्पादन कोर र चार ए५५ इफिसियन्सी कोरहरू समावेश छन्।
अहिलेका प्रयोगकर्ता पहिचान गर्न एआई मोडहरू प्रयोग गरेर ट्रिनिटी इन्जिनको अद्यावधिक गरिएको सिपियु भिटा इन्जिनले प्रणाली स्थिरता र सहजता सुनिश्चित गरेर कम पावर खपत गर्दै एसओसी स्रोतहरू ठीकसँग स्थापित गर्न सक्षम छ।
र्याम भिटा इन्जिनले एप लन्च गति र स्विचहरूलाई गति दिन र्यामको उपयोग बढाउँछ। यसले सक्रिय ब्याकग्राउन्ड एपहरूलाई एक बीट नछोडिकन ७२ घण्टासम्म चलाउन सक्छ। यसका साथै, ओप्पोको र्याम विस्तारले १२ जिबी भण्डारणलाई अस्थायी र्याममा रूपान्तरण गर्न प्रयोग गर्न सकिन्छ, आवश्यक पर्दा थप स्मुथनेस प्रदान गर्दछ।
रेनो १२ को ब्याट्रीमा एनोड र क्याथोड संरचनामा लक्षित अप्टिमाइजेसनले रेनो सिरिजको फोनमा अहिलेसम्मकै हाइएस्ट इनर्जी डेनसिटी पाँच हजार एमएएच ब्याट्री सिर्जना गर्न मद्दत गरेको छ।
जसमा ब्याट्रीको साइज नबढाई चार वर्षभन्दा बढी ब्याट्री लाइफ र स्थायित्व प्रदान गर्दछ।
ब्याट्रीलाई १ प्रतिशतदेखि ३२ प्रतिशतसम्म मात्र दश मिनेटमा चार्ज गर्न सकिन्छ। साथै १०० प्रतिशत चार्ज मात्र ४६ मिनेटमा गर्न सकिन्छ।
रेनो१२ नेपालमा भदौ १२ गतेदेखि एस्ट्रो सिल्भर, म्याट ब्राउन र सनसेट पिंक रंगहरूमा उपलब्ध छ। १२ जिबी र्याम+ ५१२ जिबी रोम संस्करणको मूल्य ६५ हजार ९९९ रूपैयाँ रहेको छ।