सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषदको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले जानकारी दिए।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको हो।
गत वर्ष कात्तिकदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।