अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा हुने रोबोट प्रतियोगितामा नेपाली टोली पहिलो पटक फाइनलमा प्रवेश गरेको छ।
किबो सीमुलेसनमा उत्कृष्ट अंक ल्याएर प्रथम भएको नेपाली युवाको टिम फाइनलमा प्रवेश गरेको हो।
आउँदो नोभेम्बर ९मा जापानमा यस प्रतियोगिताको फाइलन हुँदैछ। त्यसमा भाग लिन नेपाली टोली जापान जाने तयारीमा छन्।
प्रत्येक वर्ष आयोजना हुने इन्टरनेशनल स्पेश स्टेशनको प्रतियोगिताको यो पाचौं संस्करण हो।
गत फेब्रुअरी १९ बाट सुरू भएको उक्त प्रतियोगिताको आउँदो अक्टोबरको पहिलो सातामा अन्तिम नतिजा आउनेछ। फाइनल प्रवेशका लागि जुलाइ २ मा प्रतिस्पर्धाको आयोजना भएको थियो। जुलाई १० मा नतिजा निकालेको थियो।
नेपाली युवाहरूले टिम पिजिएस ग्रुप खडा गरी उक्त प्रतियोगितामा सहभागी भएका हुन्।
प्रतियोगितामा ई. शशांक श्री न्यौपाने, ई. अतिश शाक्य, सन्जु पौडेल, गौरव राउत, गमन अर्याल सहभागी छन्। पाँचै जना विद्यार्थीहरू प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलका हुन्।
‘नेपाललाई प्रतिनिधित्व गर्दे यस प्रतियोगितामा पहिलो पटक सहभागी भएर फाइनलमा पुग्दा हामीलाई गौरव छ,’ न्यौपानेले भने।
किबो रोबोर्ट प्रोगामिङ च्यालेन्ज नामक प्रतियोगिता स्पेशसँग सम्बन्धित आयोजना हुने प्रतियोतिाहरूमध्ये धेरै प्रतिस्पर्धा हुने कार्यक्रम हो।
उक्त प्रतियोगितामा नासाद्धारा निर्मित एस्ट्रोबी नामक स्वचालित रोबोटलाई नासाको ग्राउन्ड स्टेशनबाट कमान्ड र कोड पठाउनु पर्नेछ। त्यस रोबोटले आई.एस.एस.मा भएका एस्ट्रोनटहरूलाई उनीहरूको दैनिकीमा मद्दत गर्नेछ।
संयुक्त राष्ट्र संघको प्रतिनिधि र विश्वका ११ मुलुकका युवाहरू सहभागी हुने यस प्रतियोगितामा प्रथम हुने लक्ष्यमा नेपाली टिम शाक्यले बताए।
प्रतियोगितामा अमेरिकाका लागि नासाले टिम छनौट गरेको छ। त्यस्तै, जापानका लागि जाक्सा नामक स्पेश एजेन्सीले टिम छनौट गरेको हो।
अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापुरसहित एशिया प्यासिसफिकका अन्य पाँच मुलुकका सरकारी स्पेश एजेन्सीले छनौट गरेका युवाहरूको टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।