सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआइको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ।
यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिन्छ।
ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै, यो नयाँ अनुभव ग्यालेक्सी ट्याब एस९ एफइ मा पनि आउनेछ, जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले खोज्ने कार्यमा नयाँ आयाम ल्याउँदछ।
ग्यालेक्सी एस२४ सिरिज सुरू भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ।
अब, ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि तपाइँले सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता राख्छ।
सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो। डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडिओ चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन्।
यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो जसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउँछ।
एआई सञ्चालित परिणामहरूले समृद्ध जानकारी र सन्दर्भ प्रदान गर्दछ, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पुर्याउँछ।