आगामी महिना हुवावेको थ्री फोल्ड मोबाइल सार्वजनिक हुने भएको छ।
यस अघि दुई फोल्डसम्मका विभिन्न डिजाइन र स्वरूपमा मोबाइल फोन आएका भए पनि तीन पाटा (थ्री फोल्ड) भएको मोबाइल पहिलो पटक सार्वजनिक हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
कम्पनीको कन्जुमर विजनेश डिभिजनका प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले यसको पुष्टि गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
रिचर्ड युले हालैको एक कार्यक्रममा यस सम्बन्धमा सोधिएको प्रश्नमा आगामी महिना यो मोबाइल सार्वजनिक गरिने बताए थिए।
कम्पनीबाट आधिकारीक जानकारी नआए पनि रिचर्डको यो भनाइलाई आधार मान्दै यो मोबाइल आगामी महिना सेप्टेम्बरमा आउन सक्ने अड्कल काटिएको हो।
रिचर्डकै हातमा पनि दुई पटकसम्म यस्तो थ्री फोल्ड मोबाइल देखिएको समेत बताइएको छ।
रिचर्डको हातमा देखिएको यस्तो मोबाइल ट्याबलेट आकारको हुने र मोबाइलको स्क्रिन करिब १० इन्च हुने मानिएको छ।
यसमा प्रोसेसर किरिन नाइन सिरिज चिपसेट हुने बताइएको छ। यो मेट सेभेन्टी सिरिजमा भएको प्रोसेसर जस्तै भएको बताइन्छ।