गेमिङ ल्यापटप विशेषगरी अनलाइन गेमहरू खेल्नका लागि डिजाइन गरिएको हुन्छ।
गेमिङ ल्यापटपको प्रदर्शनी होम वा बिजनेस ल्यापटपको तुलनामा शक्तिशाली हुन्छन्। यस्तो ल्यापटपमा तात्ने समस्या कम हुन्छ। साथै, यो प्रयोग गर्दा प्रयोगकर्ताले असहजता महसुस गर्दैनन्।
गेमिङ ल्यापटप किन्दा त्यसमा प्रयोग भएको प्रोसेसर, स्टोरेज क्षमता, ग्राफिक्स, डिस्प्ले लगयात विषयलाई ध्यानमा राख्नुपर्छ।
बजारमा दर्जनौं ब्रान्डले विभिन्न मूल्यमा गेमिङ ल्यापटप बिक्री गरिरहेका छन्। यसको मूल्य जम्मा ८० हजार रूपैयाँदेखि पाँच लाख रूपैयाँभन्दा बढी पनि पर्न सक्छ।
त्यसमध्ये उल्लेखित गेमिङ ल्यापटप पछिल्लो समय बजारमा बढी रुचाइएको र माग भएको डेढ लाख रूपैयाँभन्दा कम मूल्यका हुन्।
यो सूची विभिन्न वेबसाइटमा आधारित रिभ्यू/प्रतिक्रिया र नेपाली व्यवसायीहरूको सुझावमा तयार पारिएको हो।
१. एचपी भिक्टस १५ - एफए००३१
एचपीको भिक्टस १५ - एफए००३१ मा इन्टेल कोर आई५ १२४५०एच १२ औं संस्करणको (१२औं जेन) प्रोसेसर दिइएको छ। यो ८ जिबी र्याम र ५१२ जिबी एसएसडी स्टोरेज विकल्पमा उपलषब्ध छ। यसलाई बजेट-फ्रेन्ड्ली गेमिङ ल्यापटपको रूपमा लिन सकिन्छ। नेपाली बजारमा यो ल्यापटपको सरुआती बजार मूल्य ९५ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरूः
मोडल नाम | ह्वयुलेट-प्याकार्ड (एचपी) भिक्टस |
सिपियू | १२औं जेन इन्टेल कोर आई५-१२४५०एच |
र्याम/मेमोरी | ८ जिबी |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स जिटिएक्स १६५० ४ जिबी जिडिडिआर६ ग्राफिक्स कार्ड |
डिस्प्ले | १५.६ इन्च आइपिएस डिस्प्ले, फूल एचडी (१९२० x १०८० पिक्सेल रिजोलुसन), १४४ हर्ज रिफ्रेस रेट |
तौल | २.४८ केजी |
ब्याट्री | ५२.५ वाटआवर लिथियम-आयन पोलिमर ब्याट्री/ १५० वाट स्मार्ट एसी पावर एडेप्टर |
वारेन्टी | एक वर्षको अन्तर्राष्ट्रिय वारेन्टी |
मूल्य | सुरुआती ९५ हजार रूपैयाँ |
२. एसर नाइट्रो भी १५ २०२३ आई५ १३४२० एच
एसरको नाइट्रो सिरिजका ल्यापटपहरू गेमिङको लागि उपयुक्त मानिन्छ। तीमध्ये नाइट्रो भी १५ डेढ लाखभन्दा कम मूल्यमा उपलब्ध राम्रो गेमिङ ल्यापटप हो। यसमा विन्डोज ११ अपरेटिङ सिस्टम दिइएको छ भने दुई वर्षको वारेन्टी उपलब्ध गराइन्छ। नेपाली बजारमा एसर नाइट्रो भी १५ २०२३ आई५ १३४२० एचको सुरुआती मूल्य एक लाख १६ हजार रूपैयाँ तोकिएको छ। विक्रेता अनुसार मूल्य एक लाख २५ हजार रूपैयाँसम्म पर्न सक्छ।
विशेषताहरूः
मोडलको नाम | एसर नाइट्रो भी १२ २०२३ |
सिपियू | १३औं जेन इन्टेल कोर आई५-१३४२० एच प्रोसेसर |
र्याम/मेमोरी | १६ जिबी (३२ जिबीसम्म बढाउन सकिने) |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरटिएक्स ४०५० |
डिस्प्ले | १५.६ इन्च आइपिएस डिस्प्ले, फूल एचडी (१९२० x १०८० पिक्सेल रिजोलुसन) १४४ हर्ज रिफ्रेस रेट |
तौल | २.१ केजी |
ब्याट्री | ५७.५ किलोवाट लिथियम-आयन ब्याट्री/ १३५ वाट एसी एडेप्टर |
वारेन्टी | दुई वर्ष |
मूल्य | एक लाख १६ हजार रूपैयाँ |
३. लेनेभो लिजेन ५ (एएमडी रेजेन ५ - ५६०० एच प्रोसेसर)
८ जिबी र्याम र ५१२ जिबी एसएसडी स्टोरेज भएको लेनोभो लिजेन ५ नयाँ गेमरको लागि उपयुक्त गेमिङ ल्यापटप हो। यसमा आरटिएक्स ३०५० टिआई ग्राफिक्स दिइएको छ भने विन्डोज १० होम अपरेटिङ सिस्टम पाउन सकिन्छ। यसमा फोर जोन आरजिबी ब्याकलिट किबोर्ड दिइएको छ भने स्पिकर पनि राम्रो गुणस्तरको आवाज दिने स्टिरिओ स्पिकर दिइएको छ।
विशेषताहरूः
मोडलको नाम | लेनोभो लिजेन ५ |
सिपियू | एएमडी रेजेन ५ ५६००एच प्रोसेसर |
र्याम/मेमोरी | ८ जिबी |
स्टोरेज | ५१२ जिबी एसएसडी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरुटिएक्स ३०५० टीआई ४जिबी जिडिडिआर६ |
डिस्प्ले | १५.६ इन्च एफएचडी आइपिएस डिस्प्ले, १९२० x १०९० रिजोलुसन, १२० हर्ज रिफ्रोस रेट |
तौल | २.४ केजी |
ब्याट्री | ६० वाटआवर लिथियम-पोलिमर ब्याट्री/३०० वाट एसी एडेप्टर |
वारेन्टी | एक वर्ष |
मूल्य | एक लाख २५ हजार रूपैयाँ |
४. एसुस टियुएफ ए१५ एफए५०७आरएफ
एनभिडिया जिफोर्स आरटिएक्स २०५० ४ जिबी ग्राफिक्स कार्ड भएको एसुस टियुएफ गेमिङको लागि उपयुक्त ल्यापटपमध्ये पर्छ। यसै पनि एसुसको ल्यापटपहरूको माग बजारमा धेरै छ। यसमा भएको ब्याट्री र टिकाउपनका कारण ल्यापटप बढी ग्राहकहरूको रोजाइमा पर्ने गर्छ। यसमा ७२० पिक्सेलको एचडी क्यामेरा दिइएको छ। एसुस टियुएफ ए१५ एफए५०७आरएफमा ग्राहकले दुई वर्षको वारेन्टी पाउन सक्छन्।
विशेषताहरूः
मोडलको नाम | एसुस टियुएफ ए१५ एफए५०७आरएफ |
सिपियू | एएमडी रेजेन ७ ६८००एचएस मोबाइल प्रोसेसर |
र्याम/मेमोरी | ८ जिबी (३२ जिबीसम्म बढाउन सकिने) |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरटिएक्स २०५० ४ जिबी ग्राफिक्स कार्ड |
डिस्प्ले | १५.६ इन्च, १९२० x १०९० रिजोलुसन, १४४ हर्ज रिफ्रेस रेट |
तौल | २.२० केजी |
ब्याट्री | ५६ वाटआवर लिथियम-पोलिमर ब्याट्री/१५० वाट एसी एडेप्टर |
वारेन्टी | दुई वर्ष |
मूल्य | एक लाख २७ हजार रूपैयाँ |
५. एचपी भिक्टस १५
एचपी भिक्टस १५ एएमडी रेजेन ७ ५८०० एच प्रोसेसर पाउन सकिन्छ। यसमा विन्डोज १० अपरेटिङ सिस्टम दिइएको छ भने १६ जिबीको र्याम र ५१२ जिबीबीको एसएसडी स्टोरेज दिइएको छ। यसमा स्ट्यान्डर्ड नोटबुक किबोर्ड पाउन सकिन्ट भने डुअल स्पिकर दिइएको छ।
विशेषताहरूः
मोडलको नाम | एचपी भिक्टस १५ |
सिपियू | एएमडी रेजेन ७ ५८०० एच प्रोसेसर |
र्याम/मेमोरी | १६ जिबी |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरटिएक्स ३०५०टिआई ल्यापटप जिपियू |
डिस्प्ले | १५.६ इन्च आइपिएस डिस्प्ले, १९२० x १०९० रिजोलुसन, १४४ हर्ज रिफ्रेस रेट |
तौल | २.४६ केजी |
ब्याट्री | ७० वाटआवर लिथियम-आयन पोलिमर |
वारेन्टी | एक वर्ष |
मूल्य | एक लाख ३० हजार रूपैयाँ |
६.डेल जि१५ ५५२०
१२औं जेनेरेसनको इन्टेल कोर आई५ १२५००एच प्रोसेसर भएको डेल जि१५ गेमिङको लागि उपयुक्त ल्यापटपमध्ये पर्छ। यसमा विन्डोज ११ होम अपरेटिङ सिस्टम दिइएको छ। यसमा ७२० पिक्सेलको क्यामेरा दिइएको छ भने डुअर एरे माइक्रोफोन पाउन सकिन्छ।
विशेषताहरूः
मोडलको नाम | डेल इन्स्पिरोन ५५२० |
सिपियू | १२ औं जेन इन्टेल कोर आई५-१२५०० एच |
र्याम/मेमोरी | १६ जिबी |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरटिएक्स ३०५० ४जिबी जिडिडिआर६ |
डिस्प्ले | १५.६ इन्च एफएचडी, १९२० x १०९० रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट |
तौल | २.८१ केजी |
ब्याट्री | ५६ वाटआवर ब्याट्री/ १८० वाट चार्जिङ सपोर्ट |
वारेन्टी | एक वर्ष |
मूल्य | एक लाख २५ हजार रूपैयाँ |
७. डेल इन्स्पिरोन जि१५ ५५२० आई७
डेलको इन्स्पिरोन सिरिजकै जि१५ आई७ २०२२ गेमिङको लागि प्रख्यात ल्यापटपमध्ये पर्छ। यसमा युएसबी-ए, युएसबी-सी र एचडिएमआई २.१ पोर्ट पाउन सकिन्छ। यसमा डेडिकेटेड एनभिडिया जिफोर्स आरटिएक्स ३०५० टिआई ग्राफिक्स कार्ड पाउन सकिन्छ। बजारमा यो मोडल एक लाख ५५ हजार रूपैयाँबाट उपलब्ध छ। यद्यपि यसको मूल्य अधिकतम एक लाख ८५ हजार रूपैयाँसम्म पर्न सक्छ।
विशेषताहरूः
मोडलको नाम | डेल जि१५ ५५२० २०२२ |
सिपियू | १२ औं जेन इन्टेल कोर आई७-१२७०० एच |
र्याम/मेमोरी | १६ जिबी |
स्टोरेज | ५१२ जिबी |
ग्राफिक्स कार्ड | एनभिडिया जिफोर्स आरटिएक्स ३०५० टिआई ४जिबी |
डिस्प्ले | १५.६ इन्च एफएचडी, १९२० x १०९० रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट |
तौल | २.५७ केजी |
ब्याट्री | ५६ वाटआवर/ १८० वाट चार्जिङ सपोर्ट |
वारेन्टी | एक वर्ष |
मूल्य | एक लाख ५५ हजार |