स्प्यारो एसएमएस सञ्चालनमा आएको १२ वर्ष पुरा भएको छ। कम्पनीले आइतबार आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदैछ।
आजको दिन, अर्थात् मार्च २० लाई 'स्प्यारो डे'को रुपमा मनाइन्छ।
जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो। स्प्यारोले १० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ। यसले आफ्नो सेवा थप ग्राहकमाझ पनि विस्तार गर्ने योजना बनाएको छ।
स्प्यारो एसएमएसले सरकारी संस्थाहरूलाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गरेको छ। २०७२ सालको भुकम्पको समयमा स्प्यारोले प्रामाणिक डेटा प्रदान गरेर मद्दत र स्वयंसेवकहरूको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
स्प्यारो एसएमएसले आफ्नो एसएमएस सेवाको रूपमा बल्क एसएमएस र एपिआई गेटवे प्रदान गर्दै छ। स्प्यारोले आफ्नो सञ्चार सेवाका लागि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि जितेको छ।
१२ औं वार्षिकोत्सवको अवसरमा स्प्यारो एसएमएसले थप भ्याली एडेड सेवाहरू जस्तै भाइबर बिजनेस मेसेजिङ र स्प्यारो भ्वाइस सेवाहरू पनि सार्वजनिक गर्दैछ।
स्प्यारो नेपालका लागि भाइबर व्यवसायको आधिकारिक साझेदार हो। भाइबर नेपालीमाझ निकै लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ सफ्टवेयर एप हो।
स्प्यारोले व्यवसाय र संस्थाहरूलाई भाइबर बिजनेस मेसेजिङ सोलुसन प्रदान गर्न सक्छ, जसमा लेनदेन, प्रचार र सेसन मेसेजिङहरूका साथै भेरिफाइड बिजनेश आइडी समावेश छन्।
स्प्यारो भ्वाइस सेवा एउटा प्रसारण प्लेटफर्म हो, जहाँ संगठनहरूले समाचार, सूचना, सार्वजनिक सेवा घोषणाहरू वा अन्य सम्बन्धित भ्वाइस सन्देशहरू एकैपटकमा ठूलो मात्रामा प्रसारण गर्न सकिन्छ। संस्थाहरूले भ्वाइस सेवामार्फत सर्वेक्षणहरू पनि चलाउन सक्छन्।
स्प्यारो एसएमएसले १२ औं स्प्यारो डे मनाउनको लागि सीमित अवधिका लागि विभिन्न अफरहरू पनि सार्वजनिक गरेको छ।