भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको 'झट्ट ट्रान्सफर चट्ट कार' योजना अन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्याण्ट्रो एस एक्जुकेटिभ गाडी जितेका छन्।
सनराइज बैंकबाट पैसा ट्रान्सफर गर्दा बम्पर उपहार स्वरूप कमल चुडालले कार जितेका हुन्।
शुक्रबार एक कार्यक्रम आयोजना गरी फोनपेका सहकार्य प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले उनलाई गाडी हस्तान्तरण गरेका हुन्।
फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो। जसमा झापाका एज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जितेका थिए।
यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्।
फोनपे मार्फत १० रुपैयाँमा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा गइ सेण्ड मनि गरि फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कम्पनी हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।
यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजारभन्दा बढी मर्चेन्ट छन्।