ई-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको ई-सेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ।
ई-सेवा मनि ट्रान्सफरले संसारका दुई सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै छ भने ई-सेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ। यी दुई कम्पनी एफवान सफ्ट इन्टरनेसनलका अन्तरगरका भगनी संस्था हुन्।
योसँगै अब विदेशबाट ई-सेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, ई-सेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै ई-सेवा वालेटका देशभरी रहेका १ लाख ३० हजारभन्दा बढि जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइन्छ।
त्यस्तै, ई-सेवाका एजेन्ट नेटवर्कबाट ई-सेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिनेछ।
यसका साथै ई-सेवाका ५० लाख बढी प्रयोगकर्ताले ई-सेवा वालेटबाट ई-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिने कम्पनीले बताएको छ। र, विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो ई-सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।
सन् २००९ मा स्थापना भएको ई-सेवा प्रालि नेपालको मात्र नई दक्षिण एसियकै पहिलो डिजिटल वालेट हो। नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसेन्स प्राप्त ई-सेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै छ। ई-सेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवा वालेटका एक लाख ३० हजारभन्दा बढी एजेन्ट-क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेका छन्।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ई-सेवा मनी ट्रान्सफर देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै छ।