रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस ५-जी नेपाली बजारमा सार्वजनिक गर्दैछ। उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रो प्लस ५-जीमा मध्ये दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५-जी प्रोसेसर छ। साथै, यसमा रङ परिवर्तन इफेक्ट भएको लाइट सिफ्ट डिजाइन छ।
रियलमी ९ प्रो प्लस ५-जी मिडनाइट ब्ल्याक र अरोरा ग्रीन गरी दुई आकर्षक रंग विकल्पमा उपलब्ध हुनेछ। यो ६ जिबी र्याम तथा १२८ जिबी स्टोरेज र ८ जिबी र्याम तथा १२८ जिबी स्टोरेजमा उपलब्ध हुनेछ ।
सोनी आइएमएक्स ७६६ ओआइएस क्यामेरा भएको ५० एमपी ट्रिपल क्यामेरा सहित रियलमी ९ प्रो प्लस ५-जी मा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप छ। यसको मुख्य क्यामेरा ५० मेगापिक्सलको छ। यसमा ८ मेगापिक्सलको सुपर वाइड क्यामेरा र २ मेगापिक्सलको म्याक्रो क्यामेरा पाउन सकिन्छ। आफ्नो खण्डमा सोनी आइएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो।
यसमा भएको हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभलसहित आकर्षक फोटा खिच्न सकिन्छ। कम उज्यालोमा पनि रियलमी ९ प्रो स्पष्ट सेल्फीहरू खिच्न सकिन्छ।
मेडियाटेक डिमेन्सिटी ९२० ५-जी प्रोसेसरका साथ अत्याधुनिक टिएसएमसी ६ एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो प्लस ५-जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो ।
यसमा ४ हजार पाँच सय एमएएच ब्याट्री क्षमता दिइएको। जसलाई ६० वाट सुपर डार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिन्छ र १०० प्रतिशत चार्ज जम्मा ४४ मिनेटमा गर्न सकिन्छ।
नयाँ रियलमी ९ प्रो प्लसमा ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच स्याम्पलिङ रेट छ। यसमा६.४ इन्चको सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइप सहज बनाउँछ। यो फोनमा ९०.८ प्रतिशत स्क्रिन–टु–बडी अनुपात र एक हजार निट्स ब्राइटनेस छ।
त्यस्तै, रियलमी ९ प्रो प्लस भारतको पहिलो इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो। अन्डर स्क्रिन फिंगरप्रिन्ट सेन्सरहरूको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको छिटो अनलक सुनिश्चित गर्छ। यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरूलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरू प्रदान गर्छ।
रियलमी ९ प्रो प्लसको रिअर प्यानलमा इन्डस्ट्री-लिडिङ लाइट सिफ्ट डिजाइन जडान गरिएको छ। सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग तीन सेकेन्डमा नीलोबाट रातोमा परिवर्तन हुन्छ। सूर्यको किरण नपर्दा यो दुईदेखि पाँच मिनेटमा आफ्नो वास्तविक रंगमा फर्किन्छ। ८ लाइट सिफ्ट डिजाइन रियलमीको यो नयाँ फोन ब्लू भेरियन्टमा मात्र राखिएको छ।
रियलमी ९ प्रो प्लस ५-जी एन्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ।
रियलमीले फोनको मेमोरीको कमीलाई ध्यानमा राख्दै डिआरइ प्रविधिको विकास गरेको छ। जसले याम बढाउन रोमलाई भर्चुअल र्याममा परिणत गर्छ। रियलमी ९ प्रो प्लस ५-जीमा अतिरिक्त स्टोरेज ५ जिबीसम्म विस्तार गर्न सकिन्छ।