नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले बोनस सेयर दिने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर दिने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार टेलिकमलले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई २० प्रतिशत बोनस सेयर दिनेछ। त्यस्तै, सञ्चालक समितिको बैठकले थप २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ। यससँगै टेलिकमले बोनस र नगद गरी ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बोनस र नगद लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा हुने जनाइएको छ। कम्पनीले सधारण सभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।