भिभोले हालै आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलन (एन्युअल भिडियो डेभ्लपर कन्फरेन्स) मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको छ।
ब्रान्डले प्रयोगकर्ता उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्य सम्पादन, एप्लिकेसन सेवाहरू, आइओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूप रेखा झल्किने शक्ति प्रदर्शन गरेको हो।
प्रत्येक नयाँ स्मार्टफोन सार्वजनिक गरेसँगै ब्रान्डहरू प्रतिस्पर्धामा आफू अगाडि रहन प्रविधि र नवीनता मार्फत आफ्नो स्मार्टफोनलाई सुधार गर्ने तरिका खाजिरहेका हुन्छन्। यस्तैमा, भिभोले आफ्नो उत्पादनहरू मार्फत उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्ने बताएको छ।
१. कम्प्युटिङ प्रदर्शन
कम्प्युटिङ कार्य सम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउनको लागि भिभोले उच्च रियल-टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट सेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डेटा-चेजिङ-लोडिङ कम्प्युटिङ इन्जिनसहित कम्प्युटिङ इन्जिनहरू डिजाइन गरेको छ। भिभोका उपाध्यक्ष तथा भिभो आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल रिसर्च इन्स्टिच्युटका प्रमुख झोउ वेईले कार्यक्रममा त्यसलाई पेश गरेका हुन्।
२. मेमोरी व्यवस्थापन
भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्य सम्पादन बढाउन नव प्रवर्तनमा लगानी गरेको छ। प्रविधि रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतम र डिर्याम र एसओसी आन्तरिक केसको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केस इकाईलाई अनुकूलित गरेको छ।
३. अद्वितीय एन्टेना आरएफ डिजाइन
उपभोक्ताहरूले धेरै पटक आफ्नो स्मार्टफोनमा सिग्नल र कमजोर नेटवर्क जडान समस्या भोगेका छन्। ह्यान्डहेल्ड उपकरण भएकोले स्मार्टफोनले केही अवस्थाको कारण सिग्नल अवरोधको सामना गर्छ। यो हालै भिभोको आधुनिकतम नवीनता, अद्वितीय एन्टेना आरएफ डिजाइनले समाधान गरेको छ। यो आविष्कारले प्रयोगकर्ताहरूले सामना गरेको कुनै पनि संकेत अवरोध समाधान गर्छ र प्रयोगकर्ता अनुभव सुधार गर्छ। यसका साथै एआई प्रविधिले घरमा भिडिओहरू हेर्दा भिडिओ सटरिङ र बाहिर कम नेट स्पिडसहित, वाईफाई सिग्नल कमजोर हुँदा पहिचान गर्न सक्छ। कमजोर वाईफाई सिग्नलको सामना गर्दा ठूलो मात्रामा फ्रिजिङ दर घटाउँदै राम्रो इन्टरनेट अनुभव सुनिश्चित गर्न प्रणालीले बुद्धिमानीपूर्वक उत्तम नेटवर्क चयन गर्न सक्छ।
४. आईओटी इकोसिस्टम
भिभोको आईओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ जसले उपकरणहरूको जडान, डेटा प्रवाहको दक्षता र द्रुत एपहरूलाई अपग्रेड र अप्टिमाइज गर्छ। यसले प्रयोगकर्ताहरूलाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्छ। भिभोले आफ्नो आईओटी इकोसिस्टम अन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डहरूसँग सहकार्य गरेको छ।