सार्वजनिक हुनु अगावै रेकर्ड तोड माग भएपछि सामसङले नयाँ ग्यालेक्सी एस-२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ। कम्पनीका अनुसार यसले ग्यालेक्सी अनुभवका साथै उत्पादकत्व र सिर्जनशीलताका सबै नियमहरू तोडेको छ।
सामसङ इलेक्ट्रोनिक्सले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनः परिभाषित ग्यालेक्सी एस-२२ स्मार्टफोनहरू विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराइएको हो।
'उपकरणहरू पहिले नै सबैभन्दा लोकप्रिय ब्रान्ड बनेकोमा हामी अत्यन्त हर्षित छौं,' सामसङ नेपालका निर्देशक प्रणय स्थापितले भने, 'सामसङमा हामी नवीनतम खोजहरू प्रदान गर्न कटिबद्ध छौं।'
ग्यालेक्सी एस-२२ र एस-२२ प्लसले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडिओहरू र फोटोहरूका लागि एआई उन्नत प्रविधिका साथ परम्परागत नियमहरू तोडेका छन्। पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनद्वारा ग्यालेक्सी एस-२२ अल्ट्राले स्मार्ट फोनहरूका लागि एक नयाँ अध्याय सुरू गरेको छ।
ग्यालेक्सी एस-२२ सिरिज नेपालमा भोलि, मंगलबारदेखि उपलब्ध हुनेछ। ग्यालेक्सी एस-२२ अल्ट्रा १२ जिबी र्याम र दुई प्रकारको आन्तरिक मेमोरीको साथ उपलब्ध हुनेछ।
५१२ जिबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस-२२ अल्ट्राको बजार मूल्य एक लाख ६९ हजार ९ सय ९९ रुपैयाँ र २५६ जिबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस-२२ अल्ट्राको बजार मूल्य एक लाख ५९ हजार ९ सय ९९ रुपेयाँ तोकिएको छ। ग्यालेक्सी एस-२२ अल्ट्रा निख्खर कालो, हरियो र बर्गण्डी रंग गरी तीन आकर्षक रंग विकल्पमा उपलबध हुने बताइएको छ।
यसैगरी, ग्यालेक्सी एस-२२ प्लसमा ८ जिबि र्याम र २५६ जिबी आन्तरिक मेमोरी दिइएको छ। यसको सुरुवाती बजार मूल्य भने एक लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यो निख्खर कालो, निख्खर सेतो र हरियो रंगमा उपलब्ध हुनेछ।
आधार मोडल ग्यालेक्सी एस-२२ पनि ८ जिबी र्याम र २५६ जिबी आन्तरिक मेमोरीका साथ बजारमा उपलब्ध छ। यसको मूल्य एक लाख १२ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ। यो मोडल निख्खर कालो, निख्खर सेतो र हरियो रंग विकल्पमा उपलब्ध छ।