ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको 'ए' सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ। कम्पनीले ओपो ए-७६ सार्वजनिक गर्ने घोषणा गरेको हो।
ओपो ए-७६मा कम्पनीले आफ्नोे स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन ग्राहकमाझ पुर्याउने जानकारी दिएको छ।
ओपो ए-७६मा अभुतपूर्व दृश्य अनुभव गर्नको लागि ६.५६ इन्चको पन्च होल स्क्रिनलाई अपडेट गर्दै ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ।
प्रयोगकर्तालाई उत्पादन मूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध हुनेछ।
‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए-७६मा कुनै सम्झौता गरिएको छैन। ट्रेन्डी डिजाइन सहितको यो फोनमार्फत उच्च कोटिका एआई सक्षम क्यामेराहरू दिइएको छ। यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सकिने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ,’ ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले भने।