स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप बिक्री बन्द गरेको छ।
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ।
‘यस जटिल अवस्थालाई नियाल्ने छन् र त्यसपछि मात्र निर्णय लिनेछन्,’ कम्पनीले भनेको छ।
कम्पनीले रसियामा आफ्ना सामानको बिक्री रोक्नुका साथै युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ।
यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट संकलन गरिएको पैसा समावेश हुने कम्पनीले बताएको छ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रूसमा आफ्ना सामानको बिक्री रोकेको थियो ।
हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन्।
यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ।