दराज नेपालले आइएमई पेसँग साझेदारी गरेको छ। योसँगै दराजले हरेक आइतबार आइएमई पे डेको घोषणा गरेको छ। अर्थात्, आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।
साथै, दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।
यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन्।
'आइएमई पेसँग साझेदारी गरी आइएमई पे डे घोषणा गर्न पाउँदा हामी निकै खुशी छौं। यस साझेदारीको मुख्य उद्देश्य ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि प्रोत्साहन गर्नुका साथै नेपाली ई-कमर्स प्रविधिलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नु हो,' दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँले भने।
ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरू दराज एप वा वेबसाइट मार्फत सङ्कलन गर्नुपर्छ। संकलित भाउचरहरू चेकआउटको समयमा स्वतः लागू हुनेछन्।