भुक्तानी प्रणाली सञ्चालक फोनपेको प्रमुख सञ्चालन अधिकृत (सिओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्।
नवनियुक्त सिओओ ठकुरीले यसभन्दा अघि नबिल बैंकमा १८ वर्ष सेवा पुर्याए। उनीसँग कार्ड तथा डिजिटल पेमन्ट क्षेत्रमा दशक लामो अनुभव र सेल्स एन्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको ८ वर्षभन्दा बढिको अनुभव छ।
फोनपेमा सिओओको रूपमा नियुक्त भएसँगै फोनपेको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अघि सञ्चालन गरिएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढि मर्चेन्ट छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्।