चिनिया कम्पनी हुवावेले वाइ सिरिज अन्तर्गतको ‘वाइ नाइन’ यसै महिनाभित्र सार्वजनिक गर्ने भएको छ। हुवावे नेपालले यस फोनलाई चैतभित्रै भित्र्याउने जनाएको छ।
फोनमा चार वटा क्यामरा अटाएका छन्। यसमा एफ/२.० अपेचर लेन्ससहितको १६ र २ मेगापिक्सेलका सेल्फी र पछाडितर्फ एफ/२.० लेन्सका साथै टोनिङ फ्ल्याससहित १३ र २ मेगापिक्सेलका क्यामरा दिइएको छ।
५.९ इन्चको आइपिएस डिस्प्ले भएको फोनमा इएमयुआई ८.० अपरेटिङ सिस्टमका साथमा ३ जीबी र्याम तथा ३२ जीबी इन्टरनल स्टोरेज क्षमता छ।
फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री दिइएको छ।
फोनको बजार मूल्य २५ हजार ९ सय निर्धारण गरिएको छ भने यसको प्रि-बुकिङ समेत खुलाइएको छ।
चैत १७ गतेसम्म कायम रहेको प्रि-बुकिङको समय अगावै बुकिङ गरेमा ए वान फिटनेस ब्याण्ड प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकले अग्रीम–बुकिङ गर्नको लागि हुवावे शोरुममा आफ्नो परिचय खुलाउने कागजातको प्रतिलिपिका साथ ३ हजार जम्मा गर्नुपर्ने कम्पनीले बताएको छ।