भाइबरले विश्वरभरीका एक अर्ब आफ्ना प्रयोगकर्तालाई एउटै च्याट ग्रुपमा जोड्न नयाँ फिचर ल्याउने भएको छ।
भाइबरले स्पेनको बार्सिलोनमा हालै सम्पन्न ‘मोबाइल वल्ड काँग्रेस’ मेलामा आफ्ना सबै प्रयोगकर्तालाई जोड्न ‘भाइबर कम्युनिटी’ नामक फिचर ल्याउने घोषणा गरेको हो।
उक्त कम्युनिटी सामाजिक सञ्जाल तथा मेसेजिङ एप्स मध्ये सबैभन्दा ठूलो हुनेछ।
हाल फेसबुकको ग्रुप च्याटमा सदस्य संख्या सिमा १५०, ह्वाट्सएपको २५६, विच्याटको ५०० तथा टेलिग्रामको एक लाख जना रहेको छ।