सिजी मोबाइल्सले ओमेगा ३ र ब्लेज एन गरी दुई स्मार्टफोन सार्वजनिक गरेको छ।
ओमेगा ३ बेजललेस र १८ः९ डिस्प्ले रेसियोका साथमा उपलब्ध छ।
दुई वटा सिम अटाउने यस फोनमा नोगट ७.० को अपरेटिङ भर्सन, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबी र्याम तथा ८ जीबी इन्टरनल स्टोरेज क्षमता छ।
फोनको पछाडि तर्फ ५ तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामरा दिइएको छ।
२,३०० एमएएच पावरको ब्याट्री समावेश यस फोनको मूल्य ७ हजार ८४९ रुपैयाँ निर्धारण गरिएको छ।
यो बाहेक कम्पनीले
ब्लेज एन मोडल समेत बजारमा ल्याएको छ। फोनले दुई वटा सिम स्पोर्ट गर्छ।
एन्ड्रोइड नोगट ७.० भर्सनमा उपलब्ध यस फोनमा १.२ गीगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज क्षमता दिइएको छ।
फोनमा ८ मेगापिक्सेलको पछाडिको तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ। फोनको मूल्य ७ हजार ३४९ रुपैयाँ राखिएको छ।