चौधरी ग्रुपले मेजूका तीन स्मार्टफोन सार्वजनिक गरेको छ।
ग्रुपले मेजू प्रोसँगै एम सिक्स तथा एम फाइभ एस फोन सार्वजनिक गरेको छ। चौधरी ग्रुपका मोबाइल डिभिजन बिजनेस यूनिट हेड रमेश श्रेष्ठले आकर्षक डिजाइन र उच्च क्षमता वान हार्डवेयरका साथमा निर्माण भएका फोनले ग्राहकको मन जित्ने बताए।
ड्यूल स्कृन र ड्यूल क्यामरा रहेको प्रो सेभेन यसअघिका मोडेलहरुभन्दा भिन्न रहेको चौधरी ग्रुपले जनाएको छ। जसमा सेन्सर जडित १६ मेगापिक्सेल फ्रन्ट क्यामरा, ५.२ इन्चको फूलएचडी डिस्प्ले नाइट मोडका लागि फोर–इन– वान अल्गो रिदम समावेश गरिएको छ।
यसले ब्याट्री खपतलाई पनि कम गर्ने कम्पनीको भनाइ छ। यो ४ जिबी ¥याम र ६४ जीबीको आन्तरिक स्टोरेजका साथमा उपलब्ध छ ।
प्रोसेभेनमा ३ हजार एम.ए.एचको ब्याट्रीसहित क्विक चार्जिङ सुविधा छ। प्रो सेभेन बजारमा कालो रंगमा उपलब्ध छ । यो स्मार्टफोनको मूल्य ४७ हजार ४९९ तोकिएको छ ।
मेजू एमफाइभ एसमा ५.२ इन्चको एचडी स्क्रीनका साथमा आइपीएस डिस्प्ले प्रविधि प्रयोग गरिएको छ। यसमा भएको २.५ डी कभ्र्ड ग्लासको प्रयोगले यसलाई स्मूथकलर डाइनामिक प्रदान गरेको छ।
एमफाइभ एसमा ६४ बीटको अक्टाकोर प्रोसेसर छ, जसले उच्चशक्ति र कुशलता प्रदर्शन गर्दछ। फोनमा भएको ३ जीबी र्यामले अधिकांश उच्च प्रकृतिका गेम र एप्सलाई सहजरुपमा प्रयोग गर्न मद्दत गर्छ। यसमा १६ जीबी र ३२ जीबीको फ्ल्याश स्टोरेजको विकल्प छ।
यसमा १३ मेगापिक्सेलको ब्याक र फ्रन्टमा ५ मेगापिक्सेलको क्यामरा छ। ३ हजार एमएएच पावरको ब्याट्री रहेको यो सिल्भर, गोल्ड र ग्रे कलरमा उपलव्ध छ।
मेजू एमफाइभएसको मूल्य १८ हजार ७ सय ९९ रहेको छ।
अर्को एमसिक्स स्मार्टफोन ५.२ इन्चको स्क्रीनमा उपलवध छ। यसमा रहेको २.५ डि कभ्र्ड ग्लासले फोनलाई आरामदायी बनाएको छ।
एमसिक्सको अग्रभागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ। जसमा सामान्यरुमा ट्यापिङ गर्दा नै फोन अनलक हुन्छ। एमसिक्समा अक्टा कोर ६४ बिटको प्रोसेसर रहेको छ। फोनमा ३ जीबीको र्याम, ३२ जीबीको फ्ल्याश स्टोरेज छ।
यसको रियर क्यामरा १३ मेगापिक्सेल तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ। यसको ३०७० एमएएच ब्याट्रीले यो फोनलाई दिनभर पुग्ने शक्ति प्रदानगर्दछ। यो सुनौलो र कालो रंगमा उपलब्ध छ । १६ जिबी सेटको मूल्य १८ हजार १९९ र ३२ जिबीको १९ हजार ४९९ तोकिएको छ।
मेजूका स्मार्टफोनहरु ब्याट्रीमा ६ महिनाको वारेन्टी, ह्याण्डसेटमा १ वर्षको वारेन्टी र सफ्टवेयरमा २ वर्षको वारेन्टीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रत्येक सेटहरु प्रुडेन्सियलबाट १ वर्षको ग्राहक बीमासहित उपलब्ध हुने बताइएको छ।