सूचना प्रविधिको महाकुम्भ मानिने क्यान इन्फोटेक मेलामा विभिन्न स्टलहरुले सामान तथा सेवामा छुट दिँदै आकर्षक अफरहरु ल्याएका छन्।
यो वर्षको क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदायक संस्थाहरुले इन्टरनेट टिभीको लागि पनि त्यस्तै अफर ल्याएका छन्।
टेलिभिजन प्रयोगकर्तालाई सुबिसुले यो वर्ष तीन वटा अफर ल्याएको छ। सुबिसुको ‘इन्टरनेट एण्ड क्लियर टिभी सुपर कम्बो’ अफर ५ हजार ९ सय ९९ रुपैयाँमा लिन सकिन्छ।
यो अफरमा वाइफाइ सहितको मोडियम, क्लियर टिभी एचडी सेटटप बक्स, निशुल्क जडान, दुई महिनासम्म ८ देखि १५ एमबिपिएस अनलिमिटेड इन्टरनेट सहितको सेवा लिन सकिन्छ।
यो इन्टरनेटबाट जडान हुने टिभीमा ५० भन्दा धेरै एचडीसहित २ सय भन्दा धेरै डिजिटल च्यानल हेर्न सकिन्छ।
त्यस्तै २ हजार ९ सय ९९ को प्रिमियम प्याकेजमा क्लियर टिभी एचडी सेटअप बक्स, निशुल्क जडान, ५० वटा भन्दा धेरै एचडी सहित २ सय भन्दा धेरै डिजिटल च्यानल हुनेछ। यो प्याकेजमा २ महिनाको शुल्क समावेस छ।
त्यस्तै ‘बेसिक’ प्याकेजमा क्लियर टिभी एचडी सेटअप बक्स, निशुल्क जडान, २ महिनाको क्लियर टिभी प्याकेज, ३० वटा भन्दा धेरै एचडी सहितको १५० सय भन्दा धेरै डिजिटल च्यानल हुनेछ।
प्याकेज सकिएपछि ग्राहकले बेसिक च्यानल प्याकेजको लागि मासिक ५ सय र प्रिमियम प्याकेजको लागि मासिक ७ सय शुल्क बुझाउनु पर्ने छ। यो प्याकेजको शुल्क १ हजार ९ सय ९९ पर्नेछ। सबै प्याकेजको शुल्कमा भ्याट समावेस गरिएको छैन।
त्यस्तै कम्पनीले ग्राहकको सुविधाका लागि १ महिना, ३ महिना, ६ महिना र १ वर्षको इन्टरनेट र टिभीको विभिन्न प्याकेजहरु ल्याएको छ।
इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकले मेलालाई लक्षित गर्दै ‘भ्यालु प्याक’ ल्याएको छ। जसमा नयाँ सस्क्राइबरले भ्याट सहित ११ हजार १ सय ११ रुपैयाँमा १ वर्षसम्म २५ एमबिपिएसको अनलिमिटेड इन्टरनेट र ६ महिनासम्म नेट टिभीको सुविधा पाउन सक्नेछन्।
६ महिनाको प्याकेज सकिएपछि टिभीको लागि मासिक २ सय ८३ रुपैयाँ तिर्नु पर्ने छ। यसमा ३९ वटा एचडीसहित १ सय १८ वटा च्यानल आउँछन्।
यो प्याकेजमा राउटर, तार र जडान निशुल्क हुने छ भने सेटटप बक्सको भ्याट बाहेक २५ सय रुपैयाँ लाग्नेछ। यो सँगै ग्राहकले १ हजार ५ सय डिपोजिट राख्नु पर्नेछ। यो योजना माघ १६ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
बिहीवार देखि भृकुटी मण्डपमा सुरु भएको भएको मेला ६ दिनसम्म चल्नेछ। मेलामा मोवाइल, ल्यापटप, राउटर लगायतका प्रविधि सम्बन्धी सामाग्रीहरु विशेष छुटमा विक्रि भइरहेको आयोजकले जनाएको छ।