कलर्सले नेपाली बजारमा एस ९ सिरिजका फोनहरु ल्याएको छ।
यी स्मार्टफोनमा पछाडितर्फ ८ र अगाडि ५ मेगापिक्सल क्षमताका फ्ल्यासयुक्त क्यामेरा छन्।
प्रयोगकर्तालाई सेल्फीमा पनि फोनले उत्कृष्टता प्रदान गर्ने कम्पनीको दावी छ। एण्ड्रोइड एन (नौगात ७.०) द्वारा संचालित फोनमा तीव्र गति र अधिक सटिक फिङ्गर प्रिन्ट सेन्सर रहेको छ।
यसमा रहेको आकर्षक धातुले फोनलाई स्टाइलिस थपेको कलर्सले जनाएको छ। बजार मुल्य ११ हजार ९९५ रुपैयाँ तोकिएको छ।
बिक्री शुभारम्भको अवसर पारेर कम्पनीले १२ हप्ताको लागि १०० एमबि एनसेल डाटा सित्तैमा प्रदान गर्ने योजना पनि अघि सारेको छ।
कलर्स मोबाइलको आरम्भ टेलिटक प्रा.लि..ले सन् २००९ मा गरेको थियो। नेपालमा यसका प्रयोगकर्ताहरु २५ लाखभन्दा धेरै रहेको कम्पनीको दावी छ।