माघ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने क्यान इन्फोटेकमा प्रविधिसँग सम्बन्धित बस्तु तथा सेवाको खरिदमा छुट तथा अफरहरु उपलब्ध हुने भएका छन्।
कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले आयोजना गर्ने उक्त सुचना प्रविधि मेलामा मोबाइल वालेट, सफ्टवेयर कम्पनी, डिजिटल टिभी, डिजिटल केवल सेवाप्रदायकले छुट तथा अफर उपलब्ध गराउने क्यानका महासचिव रन्जीत कुमार पोदारले जानकरी दिए।
६ दिनसम्म चल्ने मेलामा देशभित्र र बाहिरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ। ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउने महासचिव पोदारले जानकारी दिए।
‘उपभोक्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउछन्’ उनले भने।
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् ।
उक्त अवसरमा डिजिटल वालेट खल्तीले अफरसँगै नयाँ सेवा सार्वजनिक गर्ने भएको छ। खल्तीले सिफारिस गरेबापत ४० रुपैयाँ उपलब्ध गराउने छ भने होटल बुकिङ सेवा पनि सार्वजनिक गर्ने भएको छ यो सँगै मोबाइलबाटै नेपालमा पहिलोपटक होटल बुक गर्न सकिने छ।
त्यस्तै मेलाके मुख्य प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप सेवा र प्याकेजहरु अफर गरेको छ। क्लियर टिभी इन्टरनेटमा सुविसुले अफर ल्याउने छ। क्लियर टिभीमा सेटअपबक्स मोडियम निशुल्क उपलब्ध गराउने छ।
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई शुल्क लाग्ने छैन। तर अन्य सर्वसाधारणहरुलाई १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ।