कोरियाली फोन कम्पनी सामसङले ग्यालेक्सी एस ९ र ९ प्लस आउँदो महिना सार्वजनिक गर्ने भएको छ। आउँदो महिना स्पेनमा आयोजना हुने टेक कम्पनीहरुको मेगा इभेन्ट ‘मोबाइल वल्र्ड कंग्रेस २०१८’ मा सामसङले यी फोन सार्वजनिक गर्ने भएको हो।
कम्पनीका मोबिलिटी डिभिजन प्रमूख डिजे कोले प्रविधिसम्बन्धी अनलाइन पत्रिका ‘जेटडीनेट’ लाई दिएको अन्तवार्तामा सो कुरा खुलाएका हुन्। यी फोनहरुमा हुने विशेषताका बारेमा आधिकारिक रुपमा कम्पनीले केही जनाएको छैन। यद्यपी यीनमा हुने फिचर्स यसअघि नै बाहिरिसकेको छ।
विभिन्न साइटहरुले सार्वजनिक गरेका सामाग्रीका आधारमा एस ९ प्लसमा ६.२ इन्च तथा एस ९ मा ५.८ इन्चको स्क्रिन हुनेछ। एस ९ मा ४ जिबी र्याम तथा एस ९ प्लस ६ जिबी र्याममा उपलब्ध हुने बताइएको छ। त्यस्तै स्नापड्रागन ८४५ वा इक्जीनस ९१० प्रोसेसर रहनेछ।
आउँदो महिना सार्वजनिक गरिएता पनि फोन बजार आइपुग्न दुई महिना लाग्नेछ।