स्मार्टफोन ओप्पो एसियाली बजारमा शिर्ष स्थान पाएको छ। ओप्पोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको काउन्टरपोइन्ट रिसर्चले जनाएको छ।
ओप्पोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको उसले जनाएको छ। त्यस्तै १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेको रिसर्चले जनाएको छ। हुवावेको ११ प्रतिशत बजार हिस्सा रहेको प्राविधिक मार्केट रिचर्स फर्म काउन्टरपोइन्टले प्रतिवेदनमा उल्लेख गरेको छ।
‘एसिया हाम्रो लागि प्रमुख बजार हो, ग्राहकको माग तथा आवश्यकताअनुसार उत्पादनलाई सम्बोधन गर्नेछौँ’ एक विज्ञप्ति जारी गर्दै ओप्पोले भनेको छ।
अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओप्पोले एसियाका अधिकांश भागमा आफ्नो विक्रि तथा सेवा केन्द्रको सञ्जाल विस्तार गर्ने जनाएको छ। मनोरञ्जन, खेल, सामाजिक सञ्जाल लगायत माध्यमबाट यूवा वर्ग लक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भुमिका निर्वाह गरेको कम्पनीको दावी छ।