कोरियाली ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत दुई मोडलका फोनहरु ‘ए ८’ र ‘ए ८+’ सार्वजनिक गरेको छ। आउँदो महिना हुन लागेको ‘कन्जुमर इलेक्ट्रोनिक्स सो’ मा ल्याइने भनिए पनि केही समय अगाडि नै फोनहरु सार्वजनिक गरिएको हो।
ए सिरिजका यी दुबै फोनमा पहिलो पटक दुई वटा सेल्फी क्यामेरा समावेश गरिएको छ। यिनमा १६ र ८ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा छन्। फोनको पछाडितर्फ भने १६ मेगापिक्सेलको क्यामेरा छ।
दुबै फोनमा इन्फिनिटी डिस्प्ले प्रयोग गरिएको छ। यिनले गियर भिआर सपोर्ट गर्छन् भने गोरिला ग्लाससमेत दिइएको छ।
ए ८ मा ५.६ र ए८+ मा ६ इन्चको सुपर एमोलेड स्क्रिन छ। दुबै फोनमा एन्ड्रोइड नोगट ७.१ भर्सनका साथै २.२ गिगाहर्जको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ।
ए ८ ४ जीबी र्याम तथा ए८+ ४ र ६ जीबी भेरियन्टमा उपलब्ध छ। दुबै फोनमा ३२ र ६४ जीबीको इन्टरनल स्टोरेज छ।
त्यस्तै ए८ मा ३ हजार तथा ए८+ मा ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्री छ। यिनले फास्ट चार्जिङ सेमत सपोर्ट गर्छन् भने पानी प्रतिरोधात्मक छन्।
फोन भने बजारमा आउँदो महिनाबाट मात्र आउनेछ। फोनको मूल्यका बारेमा खुलाइएको छैन्।