सुदूरपश्चि प्रदेश सरकारले विभिन्न पदमा करार सेवामा ५७ जना कर्मचारी माग गरेको छ।
एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश सरकारले ४ देखि ९ तहका कर्मचारीको लागि आवेदन माग गरेको हो।
त्यस्तै, प्रदेश सरकारले सवारी चालक, सरसफाई कर्मी, कार्यालय सहयोगी र सुरक्षा गार्ड पनि माग गरेको छ।
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९, सुदूरपश्चिम प्रदेश नियमावली, २०८१ र प्रदेश लोक सेवा आयोगले निर्धारण गरे बमोजिम, अस्पताल व्यवस्थापकको हकमा सम्बन्धित विषयमा स्नातक पास गरेको हुनुपर्ने बताएको छ।
स्वास्थ्य सेवातर्फका सहायक तहका पदहरूमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र अधिकृत तहका पदहरूमा २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको, इलेक्ट्रिसियन र कम्प्युटर अपरेटर पदमा पुरूषको हकमा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला वा फरक क्षमता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ।
इच्छुकले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

