काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले भदौ ९ गतेदेखि ११ गतेसम्म 'भर्चुअल जब फेयर' आयोजना गर्ने भएको छ।
व्यवस्थापन संकायमा उत्कृष्ट स्थान हासिल गर्दै आएको कुसोमले हरेक वर्ष कुसोम जब एण्ड इन्टर्नसीप फेयर (केजेआइएफ) आयोजना गर्दै आएको छ।
उक्त मेला कुसोम प्लेसमेन्ट सेलको नेतृत्वमा सन् २०११ देखि आयोजना हुँदै आएको छ। अब हुन लागेको मेला दसौं वार्षिकोत्सव र नवौं संस्करणको हो जुन भर्चुअल माध्यमबाट हुँदैछ।
गत वर्ष आयोजित मेलामा ३५ कम्पनी सहभागी थिए। जसमा झन्डै २ सय विद्यार्थीहरूको सहभागिता थियो। विभिन्न संस्थामा आवश्यक जनशक्ति पदपूर्ति यो मेलाबाट कम्पनीहरूले गर्न सक्नेछन् भने विद्यार्थीहरूले आफ्नो रूचिको कम्पनीमा दरखास्त दिन सक्नेछन्।
यो वर्षको मेलामा झन्डै ५० कम्पनीहरूको सहभागिता हुने अनुमान छ। सहभागी कम्पनीमध्ये सिप्रदी, युनिलिभर, एमएडब्ल्यु इन्टरप्राइजेज, होम लोन एक्सपर्टस्, क्लाउड फ्याक्ट्री, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ट्रु नर्थ एसोसिएट्स्, मेगा क्यापिटल आदि छन्।
कम्पनीहरूले यो मेलामा सहभागी हुन कुसोम प्लेस्मेन्ट सेलको सामाजिक सञ्जाल अथवा आधिकारिक इ-मेलमा सम्पर्क गर्न सक्नेछन्।