कतार भिसा सेन्टरले सहज ढंगबाट सेवा प्रवाह नगरे म्यानपावर व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सेन्टरलाई पत्राचार गर्दै आफ्ना मागहरु सात दिनभित्र पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण काम नियमित नहुँदा धेरै श्रमिकहरुको क्युभिसिको काम बाँकी रहेको म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।
तर सेन्टरले निश्चित सेवा दिँदा थप समस्या बढेको संघले उल्लेख गरेको छ।
समस्या समाधानका लागि सेन्टरले तत्काल सेवा अवधि र कार्यसम्पादन क्षमता विस्तार गर्नुपर्ने व्यवसायीहरुले सुझाएका छन्।
त्यस्तै श्रमिकहरुको स्वास्थ परीक्षण गर्दा लामो समय कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेकाले एक हप्ताभित्र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन संघले आग्रह गरेको छ।
अपईन्मेन्ट २४ सै घण्टा खुल्ला हुनुपर्ने तथा हेल्प डेस्क स्थापना गर्नुपर्ने व्यवसायीहरुको माग छ।