ललितपुरको मानभवनमा रहेको बज्र सेक्यूरेटी सर्भिस प्रा.लि.२१ वर्षमा प्रवेश गरेको छ। आइएसओ प्रमाणित सो कम्पनी २०५७ साल साउन १८ गते दर्ता भइ सञ्चालनमा आएको थियो। २० वर्षको अवधिमा यस कम्पनीले गुणस्तरीय सेवा दिदै शिर्ष स्थान बनाउन सफल भएको सिइओ उद्धब चमरेलले बताए।
उनका अनुसार बज्र सेक्यूरेटीले युनाइटेड नेसन्स ग्लोवल कम्प्याक्टका १० वटा सिद्धान्तहरु परिपालना गरेर कम्पनी सञ्चालन गरिरहेको छ। बज्र सेक्यूरेटीले अहिले ७ प्रदेशका ६७ जिल्लाहरुमा १२०० भन्दा बढी सुरक्षा गार्डहरु मार्फत सेवा दिइरहेको छ।
बज्र सेक्यूरेटीले बैंक तथा वित्तिय संस्था, सरकारी तथा निजी कार्यालय, उद्योग कल कारखाना, एनजिओ, आइएनजिओ लगायतका थुप्रै क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ। आगामी दिनमा अझ गुणात्मक, उच्चस्तरिय सेवा दिन प्रतिबद्ध रहेर काम गर्ने सिइओ चमरेलले बताए।
बज्र सेक्यूरेटीले सेक्युरिटी सर्भिस, सेक्युरिटी कन्सल्ट्यान्सी, इलेक्ट्रोनिक सेक्युरिटी र सर्पोट सर्भिस लगाएतका सेवाहरु दिदै आइरहको छ।
साथै बज्र सेक्यूरेटीले नेपाली सेना र नेपाल प्रहरीका अवकाशप्राप्त उच्च अधिकारीबाट तालिमसमेत प्रदान गर्दछ।