संसारभर होटल फ्रेन्चाइजी विस्तार गरेको हायातले हाइजिन म्यानेजर राख्ने भएको छ।
कोरोना महामारीपछिको अवस्थामा होटल सञ्चालन तथा व्यवस्थापनमा थप एक पद सिर्जना हुने भएको हो। हाइजिन म्यानेजरले होटलभित्रको सरसफाइ व्यवस्थापन गर्ने छ।
हायात कर्पोरेशनले जारी गरेको विज्ञप्तिमा हाइजिन म्यानेजर सरसफाइको जिम्मेवार हुने बताइएको छ।
हायाताका विभिन्न ब्रान्डमा संसारका ६० देशमा ९०० होटल तथा रिसोर्ट सञ्चालनमा छन्।